तस्बिर
ना. [अ. तस्वीर]
- क्यामराद्वारा खिँचिने कुनै ठाउँ, वस्तु, दृश्य,मानिस आदिको चित्र; फोटो; तसबिर।
- कागत, कपडा आदिमा रङ भरेर वा अन्य कुनै साधन तथा सिपले बनाइने त्यस्तै किसिमको आकृति; चित्र; बुट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)