तातापानी
ना. [तातो+पानी]
- जमिनमुनिबाट गन्धक, चुन आदिको संयोगले तातेर निस्केको पानी।
- काठमाडौँबाट चीनको तिब्बती क्षेत्रमा जाने बाटोमा पर्ने मितेरी साँघुको नजिकै अरनिको राजमार्गको छेवैमा रहेको त्यस्तो पानी भएको प्रसिद्ध ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)