तालाबन्दी
ना.
- कुनै वस्तु आदि बाकस, कोठा वा भँडारमा राखी ताल्चा लाएर बन्द गर्ने काम।
- कर्मचारीहरूलाई चेताउनी दिन वा दबाउन मालिकले कारखानाको ढोकामा ताल्चा लाएर बाहिरै राखिदिने काम।
- कुनै पनि कामकारबाई ठप्प भएको अवस्था।
- आन्दोलनकारीहरूले आफ्ना माग पूरा गराउनका निम्ति सम्बन्धित निकाय वा निकाय-प्रमुखको कार्यालयमा ताला लगाइदिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)