ताल

ना. [सं.]

  1. नाचगानको ढङ्ग वा पारा; छाँट; चाल।
  2. खुसी प्रकट गर्दा दुई हत्केला बजाएर निकालिने शब्द; ताली।
  3. मादल, तबला, झ्याम्टा आदि ठोकेर वा जुधाएर बजाइने बाजाको मात्रा।
  4. ढोकाको आग्लो खोल्ने वा लगाउने फलामे साधन।
  5. झ्यालढोकाको चौकोस कस्नाका निम्ति गाह्रोमा तेर्स्याइने लामो काठ।
  6. ताडको रुख।
  7. कामगराइको चोटि वा पटक।
  8. सन्जोग; मौका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)