तास

ना. [अ.]

  1. सुरथ, पान, चीड र इँटका बुट्टा भएको, प्रत्येक बुट्टाका एक्कादेखि तेह्र पत्ती हुने तथा बजिर, मिसी, बादशाह आदिको चित्रसमेत भएको, विभिन्न खेल खेलिने कागतका बाउन्नवटा पत्ती वा चक्की।
  2. सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)