तिर्नु
स.क्रि. [सं. तृ]
- सापटी वा पैँचो लिएको वस्तु फिर्ता गर्नु; रिन चुक्ता गर्नु।
- दण्ड, जिताउरी आदि बुझाउनु।
- भर्ना वा हर्जाना दिनु।
- तिरोभरो गर्नु।
- अरूले आफूलाई गरेको असल वा खराब कामको बदला लिनु वा दिनु; साटो फेर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)