तोरियाँ
ना. [सं. तुवरिका]
- काँक्रो, फर्सी आदि झैँ वर्षायाममा लहरामा फल्ने, लामो आकारको हरियो तरकारी; घिरौँला।
- पाँच कुना परेका, खस्रा, हरिया पात हुने, डाँठयुक्त पहेँला रहरलाग्दा फूल फुल्ने र फूलका गर्भबाट लाम्चा, पोरैपोरा भएका चुच्चे फल फल्ने एक प्रसिद्ध तरकारी; रामतोरियाँ; भिन्डी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)