त्रोटक
ना. [सं.]
- देवता र मनुष्य दुवै थरी पात्र हुने प्रत्येक अङ्कमा विदूषक रहने, प्रधान रस शृङ्गार र अङ्कहरू पाँच, सात, आठ वा नौमध्ये कुनै पनि हुन सक्ने एक रूपक (उदा.-विक्रमोर्वशीय)।
- गर्भनामक नाटकसन्धिको एक अङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)