थरघर

ना. [थर+ घर]

  1. मध्यकालमा गोरखाली दरबारमा र शाहकालमा राजाहरूको नियमानुसार राजसभा र युद्ध आदिमा भाग लिन पाण्डे, अर्ज्याल, पन्थ, राना, खनाल र बोहरा - यी छ थरका एकएक व्यक्तिलाई राखेर बनाइने एक सङ्गठन; छथर।
  2. जग्गा नापी गर्ने कारिन्दा।
  3. पुर्खाहरूको निवासस्थान; कुलघर; मूल थलो।
  4. परम्परादेखिकै कुलीन मानिने परिवार, कुलघरान।
  5. नेवारजातिका डङ्गोलको घरको मूली; नाइके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)