थरथर
ना. [अ.मू. थर्+अ (द्वि.)]
- त्रास, क्रोध, आशङ्काजस्ता मानसिक संवेग अथवा जाडो, रोग वा कमजोरीका कारणले शरीरमा उत्पन्न हुने कम्प; थुरथुर; लगलग; थर्थर।
- थरथर गरेर; थुरथुरी; लगलगी; थरथरी; थुरथुरती; थर्थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)