थर्मामिटर

ना. [अङ्.]

  1. सिसीको नलीभित्र पारो हाली बाहिर विभिन्न अङ्क रेखासहित जनाएर ताप नाप्नका निमित्त प्रयोग गरिने एक यन्त्र; तापमापक यन्त्र।
  2. ज्वर वा प्राणीका शरीरको ताप नाप्ने यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)