थारु नाच
ना.
- थारू समुदायमा प्रचलित नाच।
- लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीको जस्तो लहँगा पोसाक लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै नाचिने, थारूजातिमा चलेको प्रसिद्ध नाच; झुमर; झुमरा; पूर्वी झुमरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)