थिगर/थिगार

ना. [बा.बो.]

  1. नानीहरूले उभिनलाई प्रयास गरी काम्दै गरेका खुट्टाले अडिन प्रयास गर्ने काम।
  2. नानीलाई थिग्रिन प्रोत्साहित गरिने शब्द; थिहिरी।
  3. तरल पदार्थमा मिसिएको कसरमसर थिग्रिएर भेला भएको वस्तु; थिग्रो; थेगर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)