दक्षिण
ना. [सं.]
- सूर्योदय भएतिर मुख फर्काउँदा दाहिनेतिर पर्ने दिशा; उत्तरको ठिक उल्टोतिरको दिशा; दक्खिन।
- योग्य; निपुण; सिपालु।
- दायाँ; दाहिने।
- कुनै काम सिद्ध गर्नमा सहायक।
- पराश्रित। ६ अनेक नायिकामा समान रूपले प्रेम राख्ने नायक; सरल नायक; धीरोदात्त, धीरोद्धत, धीरप्रशान्त र धीरललित चार प्रकारका नायकको शृङ्गारी अवस्थामा हुने चार किसिममध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)