दक्षिणा

ना. [सं.]

  1. यज्ञ, पूजाआजा, श्राद्ध आदि देव-पितृकार्यमा कार्य पूरा भएपछि ब्राह्मणहरूलाई दिइने द्रव्य; चाडपर्व आदिका अवसरमा छोरीचेली, ज्वाइँ आदिलाई दिइने धन; दच्छिना।
  2. दक्षिण दिशा।
  3. दुधालु गाई।
  4. अरू स्त्रीसँग सम्बन्ध राख्ने नायकलाई पनि प्रेम गर्ने चतुर नायिका।
  5. यज्ञकी पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)