दबाउनु

स.क्रि. [दाब्+आउ+नु]

  1. शक्ति, साधन, धम्की आदिले दमन गर्नु; वशमा राख्नु; गर्न नदिनु।
  2. थिचोमिचो गर्नु; बलले किच्नु; थिच्नु।
  3. मिच्न लाउनु; थिच्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)