दब्नु

अ.क्रि. [सं. दमन+नु]

  1. कुनै कारणले एकका अपेक्षा अर्को लत्रनु; निहुरनु; झुक्नु।
  2. कुनै वस्तु लुक्नु वा छिप्नु।
  3. थिचिनु; किचिनु।
  4. मान, मर्यादा आदिमा तल पर्नु; घटी हुनु।
  5. चुर्लुप्प हुनु; डुब्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)