दर्शन

ना. [सं.]

  1. कुनै पनि वस्तुलाई हेर्ने काम; नजरगराइ; हेराइ।
  2. कुनै देवदेवीका प्रतिमा आदि वा योगी, महात्मा, सज्जन आदि आफ्ना मान्य जनलाई भक्तिपूर्वक गरिने ढोग र साक्षात्कार; नमस्कार।
  3. प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचन र विश्लेषण गरिने विद्या; तत्सम्बन्धी विषयमा व्यापक रूपले यथार्थ परिचय दिने शास्त्र; आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन वा विश्लेषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)