दल्नु
स.क्रि. [सं. दल्+नु]
- मास, मस्याङ आदि अन्न फग्ल्याँटा पार्ने हिसाबले सिलौटा, जाँता आदिमा पिँध्नु।
- घोट्नु; रगड्नु।
- लेपन गर्नु; घस्नु; लिप्नु; पोत्नु; लतपत्याउनु।
- काम, व्यवहारमा सकेसम्म जोत्नु; लदाउनु; दलाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)