दल
ना. [सं.]
- अन्न वा फलका दानामा बीजस्वरूप, नाथ्रीका रूपमा रहेका फग्ल्याँटा; द्विदल वा एकदल नाथ्री हुने वस्तुको गर्भपत्र।
- फूलका पात वा पत्ती।
- पात, पत्र।
- मानव वा मानवेतर प्राणीको जमात; गठ; समूह।
- वैचारिक दृष्टिले सहमत हुन सक्ने समूहमा एकत्रित पार्टी; राजनीतिक दल; गुट; मण्डली।
- सेनाको एक समूह वा गुल्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)