दशकर्म

ना.

  1. वैदिक विधिअनुसार ब्राह्मणका गर्भाधानदेखि लिएर विवाहपर्यन्तका दश संस्कार; गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, निष्क्रमण, नामकरण, अन्नप्राशन, चूडा, उपनयन र विवाहसम्मका दश कर्म।
  2. खनजोत, मलजल, गोडमेलजस्ता बाली लागेदेखि थन्क्याउन्जेल गर्नुपर्ने खेतीपातीका काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)