दशमिक प्रणाली

ना.

  1. नाप, तौल, मान आदि स्थिर गराउने गणितीय प्रणाली वा प्रचलन (डेसिमल सिस्टम)। (यसको मान आफ्नो निकटस्थ ठुलो मानको दसौँ भाग र नजिकको सानो सङ्ख्याको दश गुना हुन्छ। यदि दश पैसालाई एक ढ्याक र दश ढ्याकलाई एक रुपियाँ मानेमा त्यो दशमिक प्रणाली हुन्छ।)
  2. दशले गुन्दा र भाग गर्दा पूरै खलो उठ्ने सङ्ख्यालाई एक एकाइ मान्ने चलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)