दसौँद
ना. [सं. दशांश]
- कुनै वस्तु वा सङ्ख्याको दश खण्डको एक खण्ड।
- वर्ष, छ महिना वा महिना आदि कुनै निश्चित अवधिका लागि मूल धनको दशांश ब्याज; सयकडा दशका हिसाबले भेट्ने भाग।
- लिम्बूवानको अमाली प्रथामा मुद्दा मिलाएबापत बिगोको दशमांशसम्म लाग्ने दस्तुर; सबासुद्धो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)