दाँत
ना. [सं. दन्त]
- मेरुदण्ड हुने धेरैजसो प्राणीहरूको मुखभित्र तल र माथि अर्धचन्द्राकार पङ्क्तिमा उम्रने र टोक्ने, चपाउने, खाने आदि काम लिइने फग्ल्याँटा आकारका बत्तिसवटासम्म हुने ससाना हाड जस्तै सेता अवयव।
- खाने, चपाउने आदि कामबाहेक केही वर्णको उच्चारणमा समेत सहायता गर्ने गिजामा उम्रिएका सोही हाडका अवयव।
- अन्न पिँध्नका निम्ति घट्ट, जाँतो आदिका ढुङ्गामा मसिनो पारेर कपिएको भाग वा तिखो टुँडो।
- हतियार आदिको धार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)