दाक्षिण्य

ना. [सं.]

  1. सिपालु हुनाको भाव वा क्रिया; निपुणता; कौशल।
  2. दान दिन सक्ने भाव; उदारता; औदार्य।
  3. दाहिने भएको अवस्था; अनुकूलता।
  4. सरलता।
  5. चेष्टा र वचनले अर्काको मनको पछि लाग्ने भन्ने भएको, नाटकको एक प्रकारको लक्षण।
  6. दक्षिणसँग सम्बन्धित; दक्षिणको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)