दाग

ना. [फा.]

  1. कुनै वस्तुमा केही लागेर परेको चिह्न; टाटो; धब्बा।
  2. कसैको चरित्रमा लागेको कलङ्क; दोष; अभियोग; लाञ्छना।
  3. पोलेको ठाउँमा बसेको घाउ आदिको खत।
  4. सुन आदि जाँच्न कसीमा घोटेर लगाइएको रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)