दिन

ना. [सं.]

  1. आकाशमा सूर्य देखिउन्जेलको समय; सूर्यको उदय भएदेखि अस्त नहोउन्जेलको अवधि; दिउँसो; दिवस।
  2. अघिल्लो सूर्योदयदेखि पछिल्लो सूर्योदय पर्यन्तको समय; अहोरात्र; चौबिस घण्टा वा आठै प्रहर।
  3. रातको बाह्र बजेदेखि सुरु भएर पछिल्लो रातको बाह्र बजेसम्म चौबिस घण्टाको समय।
  4. समय; बेला; बखत; मौका।
  5. तोकिएको समय; निश्चित समय; आवश्यक समय।
  6. सात वारमध्येको एक वार। ७ दिनदशा; अनिष्ट दशा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)