दिल्ली
ना. [प्रा. ढिल्ली, सं. देहली? दिलु (इन्द्रप्रस्थका मयूरवंशी राजा)?]
- मध्ययुगमा धेरै समयसम्म हिन्दू राजा तथा मुगल बादशाहको राजधानी रहेको र सन् १९१२ देखि अङ्ग्रेजले पुनः राजधानी बनाएको पश्चिमोत्तर भारतको एक प्रसिद्ध नगरी; भारतको राजधानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)