दीपक
ना.
- दीप; बत्ती।
- काव्यमा प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान धर्मको वर्णन हुने एक अर्थालङ्कार।
- मध्यम स्वर तीव्र गरेर निषाद स्वर वर्जित गरी बाँकी स्वरलाई शुद्ध रूपमा ल्याई शास्त्रअनुसार रात्रिको प्रथम प्रहर र वसन्त ऋतुमा गाइने षाडव-जातिको एक राग।
- तेजिलो पार्ने; उज्ज्वल पार्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)