दीप
ना. [सं.]
- घिउ, तिलको तेल आदिमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवताअनुसार प्रयोग हुने तीनसुते; पाँचसुते, आठसुते, नौसुते आदि धागाको त्यान्द्रो; बत्ती।
- मसान; चिराक।
- कुनै कुल वा वंशको सर्वश्रेष्ठ पुरुष।
- दियो; दीपक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)