दुधे

वि. [दुध+ए]

  1. दुधसम्बन्धी; दुधबाट तयार भएको; दुधजस्तो।
  2. दुध खाने; दुधमुखे (बालक)।
  3. सेल पकाउँदा मोटो पार्न पिठोमा रस मिसाइने एक थरी बोट।
  4. दुध आउने रुख।
  5. फापरका जस्तै तर तीन खण्डमा छुट्टिने दाना लाग्ने, बाटुला पात हुने, पात र डाँख्ला भाँच्दा दुध निस्कने, बस्तुले घाँस खाने एक झार; भुइँदुधिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)