दुधे झार

ना.

  1. वरिपरि करौँतीको जस्तो धार भएका खस्रा पात हुने, सेता गुच्छाकार फूल फुल्ने, हरिया रङका मसिना फल फल्ने, डाँख्ला र पात चुडिँदा दुध आउने एक जातको झार; भुइँदुधिलो; दुधे।
  2. पीपलका जस्ता मसिना पात र चिल्ला डाँठ हुने, राता, सेता फूल फुल्ने, नालुका जस्ता दाना लाग्ने र चुडिँदा दुध आउने एक बर्खे झार; तितेझार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)