दुबो
ना. [सं. दूर्वा]
- हरियो, लाम्चा र मसिना पात हुने, चार केस्रा परेको आँख्लैपिच्छे जरा हाल्ने प्रसिद्ध लहरे भुईंझार; गणेश, लक्ष्मी आदि देवतालाई फूलका रूपमा चढाइने र चौर, बगैँचा आदि सिँगार्न उमारिने सोही झार वा घाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)