दुम्सी
ना. [सं. दंश्]
- जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुने, सुँगुरको जस्तो थुतुनु हुने र रिसाएपछि शरीरका काँडा सिरिङ्ङसिरिङ्ङ पार्दै शत्रुमाथि जाइलाग्ने स्तनपायी वन्यजीव दम्सी।
- रातमा बालीनाली सखाप पार्ने र दिनमा ठुलठुला ओडार वा गुफामा बस्ने काँडादार जङ्गली जनावर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)