दुवाली/दुवालो
ना. [दुवाल+ई/ओ]
- एकोहोर्याई साँघुर्याएको खोलाको मुहानमा माछा अल्झाउन थापिने एक प्रकारको पासो; ठुलो खालको ढडिया।
- माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)