दूरदर्शन
ना.
- टाढासम्म दृष्टि पुर्याउने वा त्यहाँका दृश्यहरू अवलोकन गर्ने काम।
- पछिसम्मका कुराको सोचाइ वा सम्झाइ।
- बिजुलीको यन्त्रद्वारा टाढाको वस्तु, दृश्य, कार्यक्रम आदिलाई प्रदर्शित गर्ने काम।
- त्यस्तो कार्यक्रमको प्रदर्शन गर्ने यन्त्र; बोल्ने, गाउने व्यक्तिहरूको स्वर सुन्नुका साथसाथै उनीहरूको अनुहार तथा हाउभाउ पनि देखिने रेडियोका ढाँचाको एक वैज्ञानिक उपकरण; टेलिभिजन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)