दृष्टि
ना. [सं.]
- हेरेर ज्ञान प्राप्त गरिने वा जानिने-बुझिने भाव, वृत्ति वा शक्ति; हेर्ने काम; हेराइ; अवलोकन।
- हेर्ने इन्द्रिय; आँखा; नयन; नेत्र।
- कुनै काम वा व्यवहारप्रतिको सोद्देश्य विचार वा राय।
- कुनै कुरा पाउने लालसाले हेर्ने काम; लोलुप हेराइ।
- लोकधारणाअनुसार बोक्सीविद्या जानेका आइमाईको र डाइनी आदिको हेराइ; कुदृष्टि।
- दृष्टिबन्धक; दृष्टिबन्धकी (तमसुक)।
- वास्तु वा मूर्तिकलाका अनुसार सात मात्रा बराबरको नाप; सात अङ्गुल बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)