देखाउनु

स.क्रि. /प्रे.क्रि.

  1. कुनै चिज आँखा अगाडि नै राखिदिनु; देख्न लाउनु; देखा पार्नु।
  2. कुराकानी गरेर सम्झाउनु; उदाहरण दिएर बुझाउनु।
  3. निर्देश गर्नु; बाटो देखाउनु।
  4. ज्योतिषी, वैद्य, झाँक्री आदिलाई दिनदशा, ग्रहगोचर, रोगव्याध आदि विचार गर्न लगाउनु; हेराउनुकेराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)