देवता

ना. [सं.]

  1. पूज्य तथा जरा र मृत्युरहित मानिने, स्वर्गमा रहेका प्राणी; देव; देउता; द्यौता।
  2. दिव्य प्रतिष्ठा वा शक्ति; देवत्व।
  3. देवताको मूर्ति; देवप्रतिमा।
  4. प्रभुत्वशक्ति वा ज्ञानगुण तथा सज्जनताका दृष्टिले देवगुण भएका मानिने व्यक्ति (क्रमशः राजा, ब्राह्मण र साधु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)