दोगला
ना. [फा. दोगल]
- विवाहित लोग्नेदेखि अतिरिक्त अर्कै पुरुषसँगको समागमबाट जन्मिएको व्यक्ति; जारपुत्र।
- भिन्नाभिन्नै जातका आमाबाबुबाट जन्मिएको व्यक्ति।
- वर्णसङ्कर; ठिमाहा; ठिम्मर।
- कुनै पनि देशको सिमानामा बसी आफूलाई अनुकूल मिल्ने गरी कहिले यताको र कहिले उताको कुरा भन्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)