दोपहरे
ना.
- बकाइनाका जस्ता पात हुने तथा रातो, पहेँलो, सेतो र निलो चार रङको फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।
- रोपाइँ गर्दा दुई पहर समय गएपछि हली, बाउसे, रोपार आदिलाई दिइने विशेष खाजा।
- दिनमा खाइने खाजा; अर्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)