दोसाँध
ना. [दुई+साँध]
- दुई राज्यका भूभाग छुट्ट्याउनका निम्ति प्रमाणित गरिएको एक निश्चित रेखा; सिमाना (बोर्डर)।
- दुई थरी जग्गा जोडिने निश्चित ठाउँ; साँध।
- द्विविधा; दोधार; दोमन।
- दुई भिन्न थरीका अधिकार, व्यवस्था, स्थिति आदिको अन्तर वा बिच।
- अन्तिम अवस्था। (उदा.- बिरामी त दोसाँधमा पुगिसकेछ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)