दौडाहा दल
ना.
- राणाशासनमा हरेक साल जिल्लाजिल्लाको परिस्थिति जाँचबुझ गर्न र परिआएका समस्याको निर्णय एवं समाधानका लागि श्री ३ ले आफ्ना भाइ वा छोराको मातहतमा जुटाएको दल।
- जिल्लाजिल्लाको समस्या बुझी त्यहाँको उजुरबाजुरसमेत सुनेर न्याय दिन केन्द्रीय स्तरबाट खटिएका अधिकारीवर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)