दौडाहा
ना. [अ. दौरा]
- बराबर यताउति वा चारैतिर घुमफिर गर्ने काम वा अवस्था; भ्रमण; चक्कर।
- आफ्ना मातहतका इलाकाहरूको जाँचबुझ वा रेखदेख गर्नाका निम्ति सम्बन्धित उच्च अधिकारीहरू घुम्न जाने काम।
- जिल्लाको स्थिति वा समस्या बुझी ठाडो कारबाई गर्न विशेष अधिकारसम्पन्न व्यक्ति वा समुदायलाई खटाउने काम।
- त्यस्तो कारबाई गर्न खटिई गएको व्यक्ति वा समुदाय।
- पहिलेपहिले मोफसलका मुद्दामामिला हेर्न वा उजुबाजुर सुनी छिटो कारबाई गर्न केन्द्रबाट खटिएको अधिकारी वा अधिकारीवर्ग।
- बिचबिचमा कडा आक्रमण गर्ने रोग (हैजा, महामारी इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)