द्रव
ना. [सं.]
- पन्यालो हुने काम; पग्लाइ।
- चुहुने वा बग्ने काम; चुहान; बगाइ।
- पन्यालो वस्तु; तरल पदार्थ; घोलक।
- दौडने वा भाग्ने क्रिया; पलायन।
- पानी जस्तै पातलो; पन्यालो; तरल।
- पग्लिएको; आर्द्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)