द्रविड

ना. [सं.]

  1. दक्षिण भारतको पूर्वी तटमा अवस्थित एक विस्तृत प्रदेशको पुरानो नाम; आधुनिक आन्ध्र र मद्रास प्रदेश; द्राविड।
  2. उक्त प्रदेशका निवासी।
  3. आन्ध्र, कर्णाटक; गुर्जर, द्रविड र महाराष्ट्र- यी पाँच ब्राह्मणवर्ग।
  4. दक्षिण भारतमा बसोबास गर्ने एक प्राचीन जातिको भाषा।
  5. द्रविड प्रदेशका बासिन्दा; द्रविडसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)