द्रव्य
ना. [सं.]
- कथ्य.- द्रब्ब]; द्रब्य।
- वस्तु; पदार्थ; चिज।
- अरू मालसामान तयार पार्ने सामग्री; उपकरण; साधन (तामा, चाँदी, माटो, कपास इ.)।
- क्रिया र गुण अथवा गुण मात्रको आश्रय भएको तत्त्व वा पदार्थ। (वैशेषिक दर्शनअनुसार पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिक्, आत्मा र मन- यी नौ पदार्थ।
- धनसम्पत्ति; दौलत।
- जरीबुटी वा औषधी।
- धातु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)