द्वन्द्व
ना. [सं.]
- कुनै दुई वस्तुको जोडा; युग्म; युगल।
- लोग्नेस्वास्नी; जोईपोइ; दम्पति।
- परस्पर दुई विरोधी तत्त्वको जोडा।
- दुई व्यक्तिका बिचको झगडा; द्वन्द्वयुद्ध; मल्लयुद्ध; कुस्ताकुस्ती।
- कलह; सङ्घर्ष; उत्पात।
- व्याकरणमा उभयपद प्रधान हुने समासको नाम (जस्तै-आमाबाबु।
- अल्झो; झन्झट।
- कष्ट; दुःख।
- द्विविधा; संशय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)