धनेश्वर

ना. [सं.]

  1. धनको मालिक।
  2. कुबेर।
  3. विष्णु।
  4. बाग्मती अञ्चलअन्तर्गत काभ्रे जिल्लामा पर्ने धान्नीपूर्णिमा र सोपछिको पञ्चमीमा ठुलो मेला लाग्ने महादेवको प्रसिद्ध मन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)