धमिलिनु
अ.क्रि. [धमिलो+इ+नु]
- धमिलो हुनु; पानी आदि तरल पदार्थ मैलिनु।
- आँखाले राम्ररी ठम्याउन नसक्नु।
- बादल लागेर सूर्यको प्रकाश छेकिनाले स्पष्टसित नदेखिनु।
- मनमा शङ्का उब्जनु।
- कारणवश स्नेह, प्रेम आदि कम हुनु।
- व्यवहार तथा घरगृहस्थी बिग्रनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)